logo
  • आइतबार, असोज १८ २०८३

आउदो आईतवार जापानमा नेपालका ख्याती प्राप्त कलाकारको साथमा बृहत साँस्कृतिक कार्यक्रम हुदै


  • पब्लिक सूचना
  • मंगलबार, बैशाख ११ २०८१

काठमाडौं । ‘पर्यटन, कला र संस्कृतिको प्रबर्द्धन गर्ने अभियान समृद्ध नेपाल निर्माणमा हाम्रो योगदान’ भन्ने मुल नाराका साथ टोकियोमा एएमएस अन्तर्राष्ट्रिय अवार्डको साथमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

जापानमा वृहत सांस्कृति तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना हुने भएको छ ।
नेपालका चर्चित ख्याति प्राप्त कलाकार तथा अन्तराष्ट्रिय ब्यक्तित्वहरुको साथमा नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल २८ तारीख़ आईतबारको दिन जापान टोक्योको शहर नाक़ानो जेरो हलमा  हुन लागेको कार्यक्रम व्यबस्थापन संघका सचिव,कलाकार तथा आयोजक समितिका सदस्य समिर लामाले जानकारी दिनु भयो ।

‘दोश्रो ए.एम.एस बृहत सास्कृतिक कार्यक्रममा नेपालबाट अभिनेता भुवन केसी,अभिनेता शिव श्रेष्ठ, वरिष्ठ संगितकार शम्भुजित बास्कोटा,क्याप्टेन बिजय लामा, संचारकर्मी नरेश भट्टराई,गायक आनन्द कार्की, गायक रामजी खाँड, पत्रकार रिषि धमला, कलाकारहरु गायक चेतन सापकोटा, गायक उर्गेन दोङ , गायक कमल खत्री, गायिका अन्जु पन्त ,गायिका स्मिता दाहाल, अभिनेता बुद्दि तामाङ, आस्मा बिश्वकर्मा, अनुशा लामा, नारायण थापा, अभिनेता गजित बहादुर विष्ट, अभिनेता श्रीदेब भट्टराई, मिङमार दोर्जी शेर्पाको साथमा जापानमा रहेका स्थाानिय कलाकारहरुको उपस्थिति रहने सह-आयोजक तथा सनसाइन खाबुसिकी खाइस्याका सिइओ कर्साङ तामाङले जानकारी दिनुभयो ।

अप्रील २८ गतेको दिन हुने बृहत साङितिक कार्यक्रममा जापानमा बसोबास गरेका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ उपस्थितिका समेत लागि आयोजक समितिका सदस्य जनक थोकरले आह्वान गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend