logo
  • शनिबार, असोज १७ २०८३

लगातार दोस्रो दिन सुनको मूल्यमा भारी गिरावट


  • पब्लिक सूचना
  • मंगलबार, बैशाख ११ २०८१

काठमाडौँ । आकासिएको सुनको मूल्य एकाएक घट्न थालेको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज मंगलबार थप २७ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ५ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत आज तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले घट्दै १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend