logo
  • शनिबार, असोज १७ २०८३

गण्डकीमा सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गर्ने


  • पब्लिक सूचना
  • शुक्रबार, बैशाख ७ २०८१

७ वैशाख, पाेखरा । नेपाली कांग्रेसले सर्वाेच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेकाे कांग्रेस संसदीय दलको बैठकले खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताको विषयलाई लिएर कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

उक्त रिटमा सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइ गर्दै दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । तर त्यसलाई बेवास्ता गर्दै मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश प्रमुखले प्रदेशसभा आह्वान गरिएको भन्दै कांग्रेसले बैठक बहिस्कार गर्ने बताएको हो ।

‘…मिति २०८१।०१।०७ गते ३ बजे बोलाइएको प्रदेश सभा बैठक र सम्मानित सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदासम्म आह्वान गरिने प्रदेश सभाको कुनैपनि बैठकमा हामी नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले सहभागी नहुने मिति २०८१।०१।०७ गतेको नेपाली कांग्रेस संसदीय दलको बैठकले निर्णय गरेको जानकारी गराउँदछौं’, कांग्रेस संसदीय दलका नेता पाण्डेले सभामुख धिताललाई बुझाएको पत्रमा भनिएको छ ।

बैठक शुक्रबार दिउँसाे ३ बजे बस्ने गरी प्रदेश प्रमुख डिल्लीराज भट्टले आह्वान गरेका थिए ।

सभामुख धितालले भने बैठकमा सहभागी भएर आफ्ना विषय राख्नु उपयुक्त हुने भन्दै बैठक बहिस्कार नगर्न कांग्रेस सांसदहरुलाई सुझाव दिएका छन् ।

हेर्नुहोस् कांग्रेसको विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend