पब्लिक सूचना
काभ्रे । पाँचखाल नगरपालिका १३ कोसीदेखा स्थित श्री राम माध्यमिक विद्यालयको ७१ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाल कक्षा देखि ९ सम्मको अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम मा कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरेको छ यस्तै, विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यालयलाई नमुना बनाउनको लागि सक्दो प्रयास गर्ने र विद्यार्थीको पढाइलाई निरन्तरता दिनको लागि।

अभिभावक विद्यालय प्रति जिम्वेवारी रहनु पर्छ भन्दै अतिथि PTA को अध्यक्ष चन्द्रमाया लामाले बताउनु भयो कार्यक्रममा मा वर्षभरिको आर्थिक प्रतिवेदन समेत सार्वजनिक गरेको विद्यालय लेखापाल शुष्मा तामाङ बताए कार्यक्रम मा प्रमुख अतिथि वडा प्रतिनिधि सदस्य गीता थापा मगर ,विशेष अतिथि शिक्षा उत्प्रेरक वक्ता Motivational speaker समाजसेवी पृथ्वी भुजेल , अतिथिहरु पलाञ्चोक भगवती मावि को प्र .अ बेगम थापा , विद्यालयको पूर्व विद्यार्थी अभिभावक , शिक्षाप्रेमी सम्जसेवि तथा जनसमुदायहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम उतिर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना दिँदै आगामी वर्षहरूमा अनुशासन पढाइलाई प्रथम प्राथमिकता मा राखी विद्यालयको चौतर्फी विकासका लागि विद्यालय परिवार र व्यवस्थापन समितिको मुख्य भूमिका रहने प्रतिबद्धता गर्दै कार्यक्रम सभाध्यक्ष यवम प्रधानध्यापक नवराज न्यौपाने ले कार्य्रकम समापन गर्दै कार्यकम सञ्चालन शिक्षक तुलबहादुर श्रेष्ठ गरेका हुन।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend