पब्लिक सूचना
लामो समय देखि उत्कृष्ट शिक्षा दिइरहेको यस क्षेत्रकै इतिहास बोकेको स्कुल नेशनल मोडेल इङ्गलिस सेकेण्डरी स्कुलले एक भव्य समारोहका विच खेल सप्ताह सुरु गरेका छ । उक्र खेल सप्ताहको स्कुलका प्रिन्सिपल डिएन अधिभकारीले रिवन काटेर उद्घाटन गर्नु भएको हो । उक्त खेलल सप्ताह स्वस्थ जिवनका लागि खेलकुद भन्ने मुल उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको जानकारी उक्त स्कुलका प्रिन्सिपल डिएन अधिकारीले जानकारी दिनु भएको छ । खेल सप्ताह फल्गुन ३ गते सुरु भएर फाल्गुन ७ गते सम्म सञ्चालन हुने उल्लेख गरिएकोे छ । नेशन मोडेल इङ्गलिस सेकेण्डरी स्कुलले आयोजना गरेको यस कार्यक्रममा पिजि देखि कक्षा दस सम्मका विद्यार्थीहरुले भाग लिने जनाइएको छ । खेल सप्ताहमा प्राय सवै खेलहरु खेलाइने जानकारी दिइएको छ । विभिन्न खेलहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई दुइ हजार भन्दा बढि मेडल तथा प्रमाण पत्र दिइने जानकारी दिइएको छ । यसै गरि कार्यक्तम उद्घाटन हुदा उडाइएको बेलुन सङ्गै रहेको व्यानर भेटे ल्याउने व्यक्तिलाई नेशनल मोडल स्कुलले पुरस्कृत गर्दै आएको छ यो पटक पनि व्यानर भेटेर ल्याउने मानिसलाई रु २५०० सय पुरस्कार दिइने जनाइएको छ । यसै गरि खेल हाउस वाइज तथा लेभल वाइज गरिने जानकारी दिइएको छ । विद्यालयले उपलब्ध गराएको खेल तालिका अनुसार विभिन्न खेलकुदका अलवा विभिन्न बौद्धिक खेलहरु चेस क्विज म्याथ दौड डान्स नृत्य लगायतका कार्यक्रमहरु समेत सञ्चालन गरिने छ । स्कुलका प्रिन्सिपल डिएन अधिकारीले खेलकुदले मानिसको स्वास्थ राम्रो हुने उल्लेख गदै विद्यार्थीहरुको सन्दर्भमा उनिहरुको सारिरिक र मानसिक एवम बौद्धिक विकास हुने उल्लेख गर्नु भएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend