पब्लिक सूचना
प्याब्सन काठमाण्डौ महानगरपालिका द्धारा आयोजित तेस्रो अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि नेक्सस स्कुलले हात पारेको छ । बागमती स्कुलको फुटसलमा भएको प्रतियोगिताको उपविजेता भद्रघले शिक्षा सदन भएको छ । उक्त प्रतियोगितामा तेस्रो बृहस्पति स्कुल भएको छ । २९ गते भएको फाइनल खेलमा नेक्ससले भद्र घले शिक्षा सदनलाई ४–१ को नतिजा निकाल्दै उपाधी उचाल्न सफल भएको थियो यसरी नै भद्र घले शिक्षा सदन उप–विजेता बनेको हो । यसै गरि तस्रो स्थानका लागि भएको खेलमा बृहस्पतिले विट्स स्कुललाई पेनाल्टि मार्फत एक गोल गरेको थियो । एक गोल गरे संङ्गै बृहस्पती स्कुल तेस्रो भएको छ । तीन दिन सम्म चलेको खेलमा बेस्ट गोलकिपर बृहस्पतिका जर्सि नं ९९ अग्रिम जंग बस्नेत भए भने बेस्ट डिफेण्डर नेक्ससका जर्सि नं १४ का खेलाडी एकराज विक भएका थिए , यसै गरि बेस्ट स्ट्राइकर विट्स एकेडेमीका जसि नं ६ का खेलाडी राम मगर भएका थिए, हाइएस्ट स्कोरर भद्रघले शिक्षा सदनका जर्सि नं ९ का खेलाडी गोबिन्द बिक भएका थिए । प्रथम द्धितिय तथा तृतिय हुने खेलाडीहरुले क्रमस दस हजार छ हजार र चार हजार नगद सहित सिल्ड ट्रफि मेडल तथा प्रमाण पत्र प्राप्त गरेका थिए , । प्याब्सन महानगर अध्यक्ष ज्ञानबहादु श्रेष्ठले कार्यक्रम सभ्य र भब्यरुपमा सम्पन्न भएको जानकारी दिनु भएको छ ।
बाइट प्रतियोगिता समापन समापन समारोहका प्रमुख अतिथी प्याब्सन बागमती प्रदेश अध्यक्ष केशवराज श्रेष्ठको केशवलाल श्रेष्ठले आफ्नो मन्तव्य राख्नु भएको थियो । यसै गरि कार्यक्रममा बागमती स्कुलका सस्थापक अध्यक्ष डाक्टर सुरेन्द्र सिटौलालो आफ्नो मन्तव्य राख्नु भएको थियो भने कायृक्रमको सन्चालन सचिव रविन बस्नेतले गर्नु भएको थियो । उक्त प्रतियोगिताको संयोजन प्याब्सन महानगर सह–सचिव नितेस राइले गर्नु भएको थियो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend