logo
  • शनिबार, असोज १७ २०८३

प्याब्सन काडमाण्डौ महानगर द्धारा आयोजित तेस्रो फुटसल प्रतियोगिता आज बाट सुरु,आज २५ खेलहरु भएका छन


  • पब्लिक सूचना
  • शुक्रबार, पुष २७ २०८०

प्याब्सन काडमाण्डौ महानगर द्धारा आयोजित तेस्रो फुटसल प्रतियोगिता आज बाट सुरु भएको छ ।। प्याब्सन केन्द्रिय महासचिव आरवि कटवालले उक्त फुटसल प्रतियोगिताको उद्घाटन गर्नुभएको
हो , बागमती स्कुलको फुटसलमा एक औपचारिक समारोहका विच सुरु भएको फुटसल प्रतियोगितामा आज २५ खेलहरु भएका छन । प्रितिमा स्कुल वाक ओभर भएपछि र अरुणिमा स्कुल विजयी भएको छ । बौद्ध स्कुल र क्लिन्टन स्कुल विच भएको खेल बराबरीमा रोकिएको छ , हार्टलेण्ड स्कुल र बोधिसत्व स्कुल विच भएको खेलमा हार्टलेण्ड चार एकले विजयी भएको छ, सुप्रिम स्कुल र गोेल्डेन पिक स्कुल विच भएको खेलमा सुप्रिम स्कुल ६ – १ ले विजयी भएको छ , तारा सदन र कन्सोलेसन स्कुल विच भएको खेलमा तारा सदन ५–१ ले विजयी भएको छ , स्वप्न स्कुल र पिस पइन्ट स्कुल विच भएको खेलमा पिस पइन्ट स्कुल ६– ३ गोल अन्तरले विजयी भएको छ , जगत मन्दिर र बागमती स्कुलको विचमा भएको खेलमा बागमती स्कुल ४– १ ले विजयी भएको छ , भद्र घले स्कुल र अनमोल ज्याति स्कुलको विचमा भएको खेलमा भद्र घले स्कुल ६– १ ले विजयी भएको छ , क्याम्ब्रिज पब्लिक स्कुल र काठमाण्डौ भ्यालि स्कुलको विचमा भएको खेलमा काठमाण्डौ भ्यालि स्कुल २– १ ले विजयी भएको छ , काठमाण्डौ लिबर्टी स्कुल र गेटवे स्कुल विच भएको खेलमा गेटवे ४–० ले विजयी भएको छ । कैलास बोर्डिङ स्कुल वाक ओभर भएपछि हारति शिक्षा मन्दिर विजयी भएको छ , बौद्ध स्कुल र हार्टलेण्ड स्कुल विच भएको खेलमा हार्टलेण्ड १०–१ ले विजयी भएको छ , क्लिण्टन स्कुल र बोधिसत्व स्कुल विच भएको खेलमा बोधिसत्व स्कुल २–१ ले विजयी भएको छ , प्रितिमा स्कुल वाक ओभर भएपछि विट्स स्कुल विजयी भएको छ, पिस पइन्ट स्कुलले वाक ओभर दिएपछि भद्रघले स्कुल विजयी भएको छ, लिभर पुल स्कुल र ज्ञान मन्दिर स्कुल विच भएको खेलमा ज्ञान मन्दिर ३–० ले विजयी भइको छ , क्याम्ब्रिज स्कुल र काठमाण्डौ लिविर्र्टी स्कुल विच भएको खेलमा क्याम्ब्रिज स्कुल ३–२ ले विजयी भएको छ , काठमाण्डौ भ्यालि स्कुल र गेटवे स्कुलको विचमा भएको खेलमा गेट वे ८–० ले विजयी भएको छ, बृहस्पति स्कुल र जेभियर स्कुलको विचमा भएको खेलमा बृहस्पति स्कुल ३–० ले बिजयी भएको छ, कोटदेवि स्कुल र सुप्रिम स्कुलको विचमा भएको खेल बराबरीमा रोकिएको छ , केब्स बौद्ध र तारा सदन स्कुल विच भएको खेलमा तारा सदन २–१ ले विजयी भएको छ , जगत मन्दिर स्कुल र लिभरपुल स्कुलको विचमा भएको खेलमा जगत मन्दिर ६–१ ले विजयी भएको छ ,कैलास बोर्डिङ स्कुलले वाक ओभर दिएपछि जेभियर स्कुल विजयी भएको छ, अरुणिमा र विट्स स्कुलको विचमा भएको खेलमा विट्स स्कुल ३–१ ले विजयी भएको छ यसै गरि आज भएको खेलमा कोट दे िपब्लिक स्कुल र गोल्डेन पिक स्कुलको विचमा भएको खेलमा कोटदेवि पब्लिक स्कुल २ – ० ले विजयी भएको छ ।
प्याब्सन काठमाण्डौ महानगरपालीकाले आयोजना गरको औपचारिक कार्यक्रमको प्रमुख अतिथीकोरुपमा प्याब्सन केन्द्रिय महासचिव आरबि कटवाल रहनु भएको थियो यसै गरि विशेष अतिथीहरुमा प्याब्सन बागमती प्रदेश उपाध्यक्ष मुरारी प्रकास सन्जेल प्याब्सन काठमाण्डौ जिल्ला उपाध्यक्ष रिता राइ दाहाल बागमती स्कुलका सस्थापक अध्यक्ष डाक्टर सुरेन्द्र सिटौला लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी आरवि कटुवालले खेलाडीहरुको सुन्दरता र गहना भनेकै अनुसासन रहेका बताउनु भयो यसै गरि कार्यक्रममा कायृक्रमको सभापतबी तथा महानगर प्याब्सन अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले प्रतियोगिताको बारेमा बताउनु भएको थियो । प्याब्सन बागमती प्रदेश उपाध्यक्ष मुरारी प्रकास सन्जेल प्याब्सन काठमाण्डौ जिल्ला उपाध्यक्ष रिता राइ दाहाल बागमती स्कुलका सस्थापक अध्यक्ष डाक्टर सुरेन्द्र सिटौला लगायतले कार्यक्रममा सुभकामना मन्तव्य दिनु भएको थियो ।प्रतियोगिता तीन दिन सम्म चल्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend