logo
  • शनिबार, असोज १७ २०८३

प्याब्सन काठमाडौं महानगरले अन्तर विद्यालय यु १६ फुटसल प्रतियोगियाको आयोजना गर्ने


  • पब्लिक सूचना
  • बुधबार, पुष २५ २०८०

प्याब्सन काठमाडौं महानगरको आयोजनामा अन्तर विद्यालय यु १६ फुटसल प्रतियोगियाको आयोजना हुने भएको छ । बागमती स्कुलमा आयोजित पत्रकार सम्मेलनमा सो प्रतियोगिता आयोजना हुने जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा बाल्दै महानगर प्याब्सनका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले सो कुरा जानकारी गराउनु भएको हो । उक्त पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार ३२ वटा बिद्यालय सहभागी हुने छन । उक्त प्रतियोगिता लिग कम नक आउट हुने जानकारी गराइएको छ । प्रतियोगिता २७,२८ र २९ गते बागमती स्कुलको फुटसलमा आयोजना गरिने उल्लेख गरिएको छ । बिजेता विद्यार्थीहरुले नगद प्रमाणपत्र तथा मेडल हात पार्ने छन । दिइएको जानकारी अनुसार प्रथम द्वितीय तथा तृतिय हुने बिद्यालयले क्रमस दस हजार, छ हजार र चार हजार नगद पुरस्कार हात पार्ने छन । पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन महानगर अध्यक्ष ज्ञान बहादुर श्रेष्ठले उक्त प्रतियोगिताको बारेमा छोटो मन्तब्य दिनुभएको थियो भने महानगर प्याब्सनका सचिब रबिन बस्नेतले खेलले विद्यार्थीको अनुसासन निर्माण हुने बताउनु भयो ।
प्याब्सन सह सचिब नितेस राईले कार्यक्रमको नियमको बारेमा कुरा राख्नु भएको थियो । यसै गरि पत्रकार सम्मेलनका बिशेष अतिथी बागमती स्कुलका संस्थापक अध्यक्ष सुरेन्द्र सिटौलाले शुभकामना मन्तब्य राख्नु भएको थियो । फुटसल प्रतियोगिताको संयोजन प्याब्सन महानगर सह सचिब नितेस राईले गर्नु भएको छ । कार्यक्रमको उद्घाटन समारोहमा प्याब्सन केन्द्रिय अध्यक्ष डिके ढुंगानाको प्रमुख आतिथ्यतामा हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend