logo
  • शनिबार, असोज १७ २०८३

एनआइसी एकेडेमीको आयोजनामा पिजि देखि कक्षा ४ सम्मका विद्यार्थीहरुको अभिभावक दिवस सम्पन्न


  • पब्लिक सूचना
  • आइतबार, पुष २२ २०८०

एनआइसी एकेडेमीले पिजि देखि कक्षा ४ सम्मका विद्यार्थीहरुको एनुअल डे अर्थात अभिभावक दिवस सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरुले बर्ष भरी सिकेका विभिन्न सिप तथा कलाहरु प्रदर्सन गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले नृत्य,गायन, कृष्ण लिला(नाटक) स्पिच लगायताका प्रतिभाहरु प्रस्तुत गरेका थिए । अभिभावक दिवस आफैमा विद्यार्थीहरुले आफ्नो बर्ष भर सिकेका विभिन्न कलाकौसलहरु प्रस्तुत गर्ने स्थानको रुपमा लिइने गरिन्छ । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत बौद्धिक बर्ग, शिक्षक अभिभावक, नेपाल सरकारका विभिन्न निकायमा कार्यरत दिग्गज ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । रास्ट्र गान सयौ थुङ्गा फुलका हामी एउटै माला नेपालीका रचनाकार प्रदिप कुमार राई ब्याकुल माइलाको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । यसै गरि कार्यक्रममा प्रोफेसर डाक्टर गोबिन्द नेपाल स्कुलका पुर्व चेयर पर्सन युवराज अधिकारी स्कुल डाइरेक्टर शान्ति कार्की स्वयम्भु प्रहरी बृत्त प्रमुख पुर्णिमा चन्द प्याब्सन नागार्जुन कमिटी अध्यक्ष बासुदेब घिमिरे लगायत ब्याक्तित्वहरुको उपस्थित रहेको थियो । कार्यक्रम भब्यरुपमा सम्पन्न भएको र पहिला भन्दा अझ अर्को उचाइमा स्कुललाइ पुर्याउन अपेक्षाकृत अभिभावक दिवस भब्यरुपमा सम्पन्न भएको उक्त स्कुलका प्रिन्सिपल सुगन्धराज रेग्मिले बताउनु भयो । कार्यक्रमको सभापतित्व परमेस्वर पन्तले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन बिबेक श्रेष्ठले गर्नु भएको थियो । एनआइसी एकेडेमीमा विद्यार्थीे सख्ंया धेरै रहेको र सबै विद्यार्थीहरुको अभिभावक दिवस एकै पटक गर्न नसकिने भएको कारण पिजि देखि कक्षा ४ सम्मको अभिभावक दिवस गर्नु परेको जानकारी दिइएको छ । ५ देखि कक्षा १० सम्मको एनुअल डे अर्को महिना गर्ने जानकारी दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend