logo
  • आइतबार, असोज १८ २०८३

अष्ट्रेलियामा प्रवासी नेपालीहरुले मनाए टोपी दिवस र अँग्रेजी नयाँबर्ष


  • पब्लिक सूचना
  • मंगलबार, पुष १७ २०८०

अष्ट्रेलियाको पर्थ सहरमा प्रवासी नेपालीहरुको प्यारो संगठन प्रवासी नेपाली मन्च पस्चिम अष्ट्रेलियाले एक भब्य र सभ्य तरिकाले नेपाली टोपी दिवस तथा नयाँबर्ष २०२४ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

बारबिक्यू सहित आयोजना गरिएको सो कार्यक्रममा बिभिन्न प्रकारका खेलकुद प्रतियोगिता समेत संचालन गरिएको थियो ।

बालबच्चा देखि सबै उमेर समुहका खेलहरुले सबैलाइ मनोरञ्जन प्रदान गरेको थियो । बिजेता तथा उपबिजेताहरुलाई पुरस्कार बितरण गरिएको थियो।

मन्चका अध्यक्ष श्री तेजेंद्र बिक्रम मल्लको सम्योजकत्वमा भएको सो अनैपचारिक कार्यक्रमको संचालन मन्चका सचिब गोपाल घिमिरे ले गर्नु भएको थियो भने उपस्थिति सबैजना लाई एनआरएनए अन्तराष्ट्रीय कमिटी का सल्लाहकार भैरब ढकाल ले नेपाली ढाका टोपी निशुल्क बितरण गर्नु भएको थियो।

उक्त अनौपचारिक कार्यक्रम मा प्रवासी नेपाली मंचका राष्ट्रीय सल्लाहकार तथा एन आर एन ए अन्तराष्ट्रीय कमिटीका सल्लाहकार भैरव ढकाल, सिटी अफ अर्माडेल काउन्सिलका काउन्सिलर शानाभास पिटर ,ओ एन एफ ओसियाना कमिटीका सदस्य मधु पन्थि, ओ एन एफ अष्ट्रेलिया कमिटी का उपसचिब तथा पस्चिम अष्ट्रेलिया इन्चार्ज होमनाथ निरौला , मंचका सल्लाहकार तथा एन आर एन ए वेष्ट्रन अष्ट्रेलियाका पुर्ब कोर्डिनेटर कृष्णमान श्रेष्ठ , एन आर एन ए वेष्ट्रन अष्ट्रेलियाका कोर्डिनेटर शेखर घिमिरे ज्यु ले शुभकामना मन्तब्य राख्नु भएको थियो।

यसैगरि शुभकामना मन्तब्य राख्नेहरुमा एन आर एन ए वेष्टन अष्ट्रेलियाका डेपुटी कोर्डिन्नेटर महेश लामा , एससीसी सदस्य बिर्रेन्द्र उदास , युथ कोर्डिनेटर मनिष सिग्देल , महिला कोर्डिनेटर मीम सुभ गुरुंग , सल्लाहकार एकराज राई , एन आर एन ए राष्ट्रीय कमिटी का सल्लाहकार दिपक पराजुली , नावाका पुर्व अध्यक्ष यादव शर्मा, नावाका सदस्य समुन्द्र पुरी , ओएन एफका सचिवालय सदस्य याम पन्थी , याम केसी , दिपक सुबेदी , मंचका पुर्ब अध्यक्ष अग्निघर भन्डारी , मगर समाजका अघ्यक्ष टेक मगर , तामांग समाजकि अन्जु तामांग हुनु हुन्थ्यो।

यसैगरी कार्यक्रम मा एनआरएनए का सचिब किशोर कुँवर , पुर्ब कोर्डिनेटर दिपक बस्नेत , राष्ट्रीय कमिटी एनआरएनए का सल्लाहकार मिक्की सुबेदी तथा सामाजिक ब्यक्तित्व सचित बिष्ट , नेपाल बाट पाल्नु भएका अभिभावक हरुको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा खानपिनको तयारी, ब्यबस्थापन हिमाली गुर्खा रेष्टुरेन्टका संचालक तथा मंचका सल्लाहकार कृष्णमान श्रेष्ठले स्वयमसेवकको रुपमा गर्नु भएको थियो।

औपचारिक कार्यक्राम पछि मनोरन्जात्मक तथा खेलकुद सेसन को सन्चालन क्रमस दीपक सुबेदी, सिर्जना सुब्बा , पुष्प तामाङ र बिष्णु बरालले गर्नु भएको थियो। उत्त्साजनक र मनोरन्जनात्म प्रस्तुति तथा सृजनात्मक गतिबिधिले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो ।

अन्त्यमा ओ एन एफ राष्ट्रीय कमिटी का उपसचिब होमनाथ निरौला ले खेलमा बिजयी महानुभाव हरुलाई पुरस्कार बितरण गर्नु भएको थियो भने यामलाल पंथी ले उपस्थिति सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend