logo
  • शनिबार, असोज १७ २०८३

फेका फुटबलको १६ औ संस्करणको उपाधी गेटवे एकेडेमीले हात पार्न सफल


  • पब्लिक सूचना
  • आइतबार, पुष १ २०८०

फेका फुटबलको १६ औ संस्करणको उपाधी गेटवे एकेडेमीले हात पार्न सफल भएको छ । आज मुलपानी खेल मैदानमा भएको गेटवे एकेडेमी र न्यु स्टारपोल स्कुलको बिचमा भएको खेलमा गेटवेले एक गोल गर्दै उपाधी आफ्नो हातमा पार्न सफल भएको हो । यसै गरि न्यु स्टारपोल स्कुल यो संस्करणको उप–बिजेता बनेको छ । मुलपानी खेल मैदानमा भएको खेलमा तेश्रो स्थान अक्षरिका स्कुलले जितेको छ भने चौथो स्थान हाइलि क्रियटीभ स्कुलले हात पारेको छ । आज भएको समापन समारोहमा गेटवेका लक्ष्मण उप्रेतीले बेस्ट प्लेयर अफ द टुर्नामेण्टको उपाधी पाएका छन भने इमर्जिङ्ग प्लेयरको उपाधी हाइली क्रियटीभका रिसुक स्थापितले पाएका थिए । उक्त टुर्नामेण्टको बेस्ट डिफेण्डर न्यु स्टार पोलका दिप बोगटीले पाएका थिए । कार्यक्रम प्याब्सन केन्द्रिय अध्यक्ष डिके ढुंगानाको प्रमुख आतित्यथामा सम्पन्न भएको थियो । उक्त अबसरमा ढुंगानाले फेकाले गरेको कामको प्रसंसा गर्नु भएको थियो । कार्यक्रममा प्याब्सन केन्द्रिय उपाध्यक्षहरु गोपाल आचार्य तथा कृष्ण अधिकारी,प्याब्सन बागमती प्रदेश अध्यक्ष केशब श्रेष्ठ, फेका पुर्व अध्यक्ष प्रल्हाद खनाल, फेका फुटबल सयोजक राजु दाहाल लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रम समापन समारोहमा फेका अध्यक्ष श्रीराम दाहालले कार्यक्रम सम्पन्न बनाउन सहयोग पुर्याउनु हुने सबै क्षेत्रका ब्यक्तीत्वहरु प्रती आभार प्रकट गर्नु भएको थियो कार्यक्रम सन्चालन फेका सचिव सुशील प्रसाइले गर्नु भएको थियो । साथै उक्त समारोहमा नृत्य समेत देखाइएको थियो ।
प्रतियोगितामा बिजेताहरुले तीस हजार बीस हजार दस हजार तथा पाच हजार नगद पुरस्कार सहित ट्रफी मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend