पब्लिक सूचना
पब्लिक सुचना समाचारदाता

फेकाद्धारा आयोजित १६ औ संस्करण फुटबलको सातौ दिन आज तीन खेलहरु भएका छन । आज भएको खेलमा हाइली क्रियटीभ स्कुल र ब्रम्हकुन्ज स्कुल बिच प्रतिस्पर्धा भएको थियो उक्त प्रतिस्पर्धामा हाइली क्रियटीभ स्कुलले एक गोल गर्दै बिजयी भएको छ । उक्त प्रतिस्पर्धामा रिसुक स्थापित म्यान अफ दि म्याच भएका छन । आज भएको अर्काे खेलमा न्यु स्टार पोल स्कुल ४–१ ले बिजयी भएको छ । न्यु स्टार पोल स्कुल र एकलब्य स्कुलको विचमा प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा गोल हुन नसकेपछि पेनाल्टि सुट मार्फत नतिजा निकालिएको थियो । आजको खेलमा न्यु स्टार पोलका सुमित खड्कालाई घोषित गरिएको छ । यसै गरि आज भएको खेलमा अक्षरिका स्कुल ५–१ ले बिजयी भएको छ । अक्षरिका स्कुलले प्रितिमा स्कुललाई पाच एकले हराउदै सेमि फाइनलमा प्रबेश गरेको हो । आजको खेलमा रविन मगर म्यान अफ दि म्याच भएका थिए ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend