logo
  • आइतबार, असोज १८ २०८३

पुरिएका एक्स्काभेटर चालकको १८ घण्टा पछि उद्धार


  • पब्लिक सूचना
  • शनिबार, कार्तिक २५ २०८०

कालिकोट कार्तिक २५ गते । कालिकोट जिल्लाको शुभ कालीका गाउँपालिका वडा नं १ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा परिएका एक्स्काभेटर चालकको १८ घण्टा पछि उद्धार गरिएको छ । एक्स्काभेटर सडक चौडा गरिरहेका बेला माथिबाट आएको सुख्खा पहिरोले एक्स्काभेटरसँगै परिएका चालकको शरीर क्षतविक्षत भएको अवस्थामा उद्धार गरिएको हो ।

कर्णाली कोरिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेका बेला माथिबाट चट्टान खस्दा एक्स्काभेटर पुरिदा अपरेटर (चालक) को घटना स्थलमै मृत्यु भएको थियो । मृत्यु हुने चालक पचालभरना गाउँपालिका वडा नं ८ खडितोलीका वर्ष ३० का धीर सज्याल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले सडक फराकिलो गरिरहेका बेला माथिबाट आएको पहिरोले एक्स्काभेटर च्यापेका कारणले चालक भाग्न नपाएको बताउनुभयो ।

प्रहरी निरीक्षक थापाले भन्नुभयो, चालकलाई कुनै सङ्केत नै भएन । एक्कासि चटान खसेपछि भाग्न सक्ने अबस्था भएन दुखद घटना भयो । हिजो रात परेकाले अरु पहिरो खस्ने खतरा भएकाले उद्धार गर्न नसकिएको बताउनुभयो । बिहान उज्यालो भयो, अनि सबै लागेर क्षतविक्षत भएको शव निकालेको थापाले बताउनुभयो । शवको पोस्टमार्टम पछि आफन्तलाई बुझाइने छ । चालक निमार्ण ब्यसायी मुक्ति प्रसाद सज्यालका भाईरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend