नेपालको अनलाइन बजार दराजले ‘पे डेको झट्का’ अभियान घोषणा गरेको छ।
प्रत्येक महिनाको ७ गते सपिङ गर्दा आकर्षक लाभ लिनको लागि उक्त अफर ल्याएको कम्पनीले बताएको छ।
यो अभियान ४ दिन (असार ७ गतेदेखि १० गतेसम्म लागू हुने दराजको भनाइ छ। यसको ट्यागलाइन ‘किनमेल पनि बचत पनि’ रहेको छ।

दराजले किनमेल मात्र नभै बचतमा पनि जोड दिने भएकाले मासिक आम्दानी गर्नेहरूका लागि यो अभियान उच्चस्तरीय सपिङ अनुभव हुने बताइएको छ।
अब हरेक महिनाको ७ गते दराजबाट सामान खरिद गर्दा ग्राहकहरूले निःशुल्क डेलिभरीको सुविधा पाउनेछन्।
यसका साथै ग्राहकहरूले ७७७ रुपैयाँसम्मको भउचर पनि पाउनेछन्।
यसैगरी यो अभियानको क्रममा इ–सेवामार्फत भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनुका साथै दराज मलबाट सामान किन्दा मेगा गिवअवेको रुपमा ग्राहकहरूले सामसङ ग्यालेक्सी एम०४ प्राप्त गर्न सक्ने बताइएको छ।
थप जानकारीका लागि र क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले दराजको वेबसाइट हेर्न वा दराज मोबाइल एप डाउनलोड गर्नुपर्नेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend