पब्लिक सूचना
ललितपुर, कात्तिक २४ गते । गोरखापत्र दैनिकका उपसम्पादक प्रकृति अधिकारीलाई पितृ शोक परेको छ । उहाँका पिता पूर्णचन्द्र अधिकारीको आज बिहान साढे ६ बजे ८४ वर्षको उमेरमा निधन भएको छ ।
सल्यान जिल्लाको डाँडा गाउँमा जन्मनु भएका स्वर्गीय अधिकारी हाल ललितपुर सात दोबाटोमा बसोबास गर्दै आउनु भएको थियो । नेपाल राष्ट्र बैङ्कका पूर्व उपनिर्देशक अधिकारी श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । अधिकारीका श्रीमती र तीन छोरा हुनुहुन्छ ।
स्वर्गीय अधिकारीको पार्थिव शरीरलाई आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी पारिवारिक स्रोतले दिएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend