logo
  • शनिबार, असोज १७ २०८३

सहिद स्मृति कप फुटबल प्रतियोगिता सुरु


  • पब्लिक सूचना
  • बुधबार, कार्तिक २२ २०८०

हिले, कात्तिक २१ गते । बाह्रौ संस्करणको सहिद स्मृति कप फुटबल प्रतियोगिता धनकुटामा सुरु भएको छ । मितेरी युवा क्लबको आयोजनामा धनकुटाको सहिदभुमी गाँउपालिका –१, सफाइटारमा प्रतियोगिता सुरु भएको हो  ।

प्रतियोगितामा धनकुटाका बिभिन्न टिमसहित अन्य जिल्लाका १६ टोलिको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत आज र भोलि समुह चरणका खेल हुनेछन् ।

फाइलनमा पुग्ने दुई टोलीबीच आउँदो २४ गते फाइनल खेल हुने आयोजक क्लबका सल्लाहकार भक्त खड्काले जानकारी दिनुभयो । बिजेता हुने टोलिले उपाधिसहित नगद एक लाख हात पार्नेछन् ।

त्यस्तै दोस्रो हुने टोलीले ५० हजार हात पार्नेछन् । २०३६ मा भएको छिन्ताङ्ग हत्याकाण्डमा मारिएका ब्यक्तिको स्मृतिको २०६९ बाट प्रतियोगिता हुँदैआएको छ । अघिल्लो बर्षसम्म स्थानीय टोलिबीच मात्र हुने प्रतियोगिता यो बर्षबाट भने अन्तरजिल्ला स्तरीय बनाइएको आयोजकले जनाएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend