logo
  • शनिबार, असोज १७ २०८३

स्वर्ण पदक विजेता खेलाडी स्वदेश फिर्ता


  • पब्लिक सूचना
  • बुधबार, कार्तिक २२ २०८०

काठमाडौँ, कात्तिक २१ गते । दोस्रो दक्षिण एसियाली साम्बो च्याम्पियनसिपमा पदक जित्ने नेपाली टोली आज स्वदेश फर्किएका छन् ।

बङ्गलादेशको राजधानी ढाकामा यही कात्तिक १३ देखि १९ गतेसम्म भएको उक्त प्रतियोगितामा रबिन्स तामाङले नेपाललाई दुई स्वर्ण पदक दिलाएका थिए ।

उक्त च्याम्पियनसिपको सिनियर ५८ केजी तौल समूहमा कम्ब्याट साम्बो र स्पोर्ट्स साम्बोमा रविन्सले नेपाललाई दुई स्वर्ण पदक दिलाएका हुन ।

त्यस्तै, पुरुष ८८ केजीभन्दा माथिको तौल समूहमा सिजेश श्रेष्ठले नेपाललाई दुई काँस्य पदक दिलाएका थिए । उक्त च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले मात्र सहभागिता जनाएका थिए ।

पदक विजेता टोलीलाई साम्बो फेडेरेसनका कार्यबाहक अध्यक्ष पुरुषोत्तम सिम्खडा, उपाध्यक्ष बाबुराजा महर्जन, महासचिव उत्तम श्रेष्ठ, उपमहासचिव कृष्णबहादुर राउतलगायतले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend