पब्लिक सूचना
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ‘एनआइएमबी ग्रीन फ्युचर सेभिङ्स अकाउन्ट’ अन्तर्गत ‘एक खाता, एक बिरूवा’ अभियानद्वारा वृक्षरोपण कार्यक्रम सुरू गरेको छ। बैंकले प्रत्येक ‘एनआइएमबी ग्रीन फ्युचर सेभिङ्स अकाउन्ट’ खाता खोल्ने ग्राहकको नाममा एक बिरूवा रोप्ने र त्यसको संरक्षण गर्ने बताएको छ।
बैंकले लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका वडा नम्बर २ मा ५०० वटा बिरूवा रोपी यस अभियानको सुरूआत गरेको हो।
वृक्षरोपण कार्यक्रममा बैंकका कर्मचारीहरू, लुम्बिनी वर्ल्ड पिस फोरमका अध्यक्ष वासु गौतम, टोखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,वडाका जनप्रतिनिधिहरू, महिला स्वयंसेविकाहरू तथा सशस्त्र प्रहरी निरीक्षक सन्तोश के.सी. र उनका प्रहरी बलको उपस्थिति थियो।
बैंकका अनुसार पाँच सय रूपैयाँमा खोल्न सकिने यो खातामा ग्राहकवर्गहरुले आकर्षक ब्याजदर, ग्रीन पिन कार्ड सुविधा, निःशुल्क चेक बुक, प्रथम वर्षका लागि निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ सुविधा पाउन सक्नेछन्।
साथै बैंकले ग्राहकलाई ‘इको फ्रेन्ड्ली लोन’ लाई प्राथमिकतामा राखी ‘प्रोसेसिङ’ शुल्कमा २५ प्रतिशत छुट समेत पाउनेछन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend