logo
  • शनिबार, असोज १७ २०८३

कांग्रेसद्वारा भूकम्पपीडितको राहतका लागि ५० लाखको चेक हस्तान्तरण


  • पब्लिक सूचना
  • मंगलबार, कार्तिक २१ २०८०

काठमाडौं, कात्तिक २१ गते । नेपाली कांग्रेसले भूकम्प पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले ५० लाख रुपियाँको चेक आज प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालागयत नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सो चेक प्रदान गर्नुभएको हो।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि  ५० लाखको चेक बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कार्यक्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend