logo
  • शनिबार, असोज १७ २०८३

भूकम्पपीडितको उद्धार र राहतको व्यवस्था गर्न पूर्वराष्ट्रपति भण्डारीबाट आह्वान


  • पब्लिक सूचना
  • शनिबार, कार्तिक १८ २०८०

काठमाडौँ,  कात्तिक १८ गते ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जाजरकोट र रुकुम (पश्चिम) मा शुक्रबार रातिको भूकम्पमा परी जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

आज बिहान ट्वीट गर्दै उहाँले भूकम्पमा परी अमूल्य जीवन गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

 

पूर्वराष्ट्रपतिले  भूकम्पपीडितको खोज, उद्धार र राहतको तत्काल व्यवस्था गर्न सम्बद्ध निकायका साथै स्वयंसेवी सङ्घसंस्थालाई आह्वान गर्दै त्यस क्षेत्रमा परकम्प गइरहेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend