logo
  • शनिबार, असोज १७ २०८३

रुकुम पश्चिममा मृत्यु हुनेको पहिचान (नामावली सहित)


  • पब्लिक सूचना
  • शनिबार, कार्तिक १८ २०८०

रुकुम पश्चिम, कात्तिक १८ गते । शुक्रवार राती आएको भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार मृत्यु हुनेहरूमा जिल्लाको आठविसकोट नगरपालिकाका १८ र सानी भेरी गाउँपालिकाका १० जना रहेका छन् ।

मृत्यु हुनेहरूमा आठविसकोट नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ३५ की शिला कामी, वर्ष १३ की सिर्जना कामी, वर्ष ९ की रिया कामी, वर्ष ६ की दिया कामी, वर्ष ४ की आशा कामी, १८ महिनाकी एलिसा कामी रहेका छन् ।

त्यसै गरी सोही नगरपालिका वडा नम्बर १२ सानीबार्खु बस्ने वर्ष १४ को रमेश पुन र वर्ष १३ को डिल बहादुर के.सी., वडा नम्बर १४ को वर्ष वासु बुढा, वर्ष ३० की अमृता जैसी, वर्ष ५ की भावना जैसी, वर्ष २ को दिपेन जैसी, वर्ष १२ की सरिता वि.क., वर्ष १३ को मदन गौतम र वर्ष ८३ को करे नेपालीको मृत्यु भएको छ ।

भूकम्पमा परेर  पूर्वी रुकुम घर भई  आठविसकोट नगरपालिका वडा नं १४ मा कोठा भाडामा बस्ने गाडी चालक वर्ष ३० को किस्मत पुन मगर, जिल्ला बर्दिया घर भई कामको सिलसिलामा आएका वर्ष ४७ को खड्का वि.क. र वर्ष ३६ को अनिल वि.क.को पनि मृत्यु भएको छ ।

त्यसै गरी सानी भेरी गाउँपालिका वडा नम्बर १ चाइना बगर बस्ने वर्ष ३१ को धनवीर पुन, वर्ष २८ को चुम्निमा पुन, वर्ष ८ को यमराज पुन, वर्ष २ की सितम पुन, वडा नं २  परियार टोल बस्ने वर्ष १२ की मनीषा परियार, वडा नं ४ बस्ने वर्ष २५ की सन्तदा दमाइ, वर्ष ६ को कृष्ण परियार, वर्ष ८ को निर्जल चन्द, १० महिनाको शिशु रेजन ओली (रेगन) र वडा नम्बर १ की ६० वर्षीया सरस्वती बिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रवार राती ११ः४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend