logo
  • आइतबार, असोज १८ २०८३

जाजरकोटमा भूकम्पका १०९ धक्का


  • पब्लिक सूचना
  • शनिबार, कार्तिक १८ २०८०

काठमाडौं, कात्तिक १८ गते । शुक्रबार राती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएपछि अहिलेसम्म १०९ धक्का मापन भएको छ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा.लोकविजय अधिकारीले शनिबार बिहानसम्म त्यस क्षेत्रमा १०९ वटा भूकम्पका धक्का गएको बताउनु भयो ।

राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको थियाे ।

त्यसमा राति ११ः४७, १२ः०८, १२ः२९, १२ः३५ गरी चार पटक क्रमशः ६.४, ४.८, ४.२, ४.३  म्याग्निच्युडका भूकम्प गएका थिए ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend