logo
  • आइतबार, असोज १८ २०८३

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?


  • पब्लिक सूचना
  • शुक्रबार, कार्तिक १७ २०८०

साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ।

बिहीबार प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend