logo
  • शनिबार, असोज १७ २०८३

क्रिकेट खेल मैदान बनाउन बजेट छुट्याऔं , खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धी विश्वविद्यालय : कांग्रेस सांसद चन्द्र भण्डारी


  • पब्लिक सूचना
  • बिहिबार, असार ७ २०८०

नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले क्रिकेट मैदानको लागि आवश्यक बजेटको माग गरेका हुन्।

‘क्रिकेट ग्राउण्ड त बनाइ देऊ। कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं भन्छौं। एकैचोटी बनाइ दिउ न,’ उनले भने, ‘बजेट छुट्टयाइ दिऊ न तिनका लागि। जसले तिमीलाई पहिचान दिएको छ।’

उनले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताए।

उनले बुद्धको जन्मस्थल लुम्बिनीमा हजारौं बेडको अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरू बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

‘लुम्बिनीमा गौतम बुद्धको ठाउँमा जानुस्। बच्चा जन्माउने ठूलो हष्पिटल बनाइ दिनुस्। हजारौं बेडको। संसारभरीका बुद्धमार्गीहरू सन्तान जन्माउन आउँछन्। के छैन नेपाल? कहाँ छ हामो सोच, कहाँ छ हाम्रो दृष्टिकोण? त्यसकारण हामी समय अनुसार चल्न सकेनौं कि। समय बुझेनौ कि?,’ उनले भने।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend