logo
  • शनिबार, असोज १७ २०८३

भारतीय सयपत्री फूलको माला आयातमा रोक


  • पब्लिक सूचना
  • बुधबार, कार्तिक १५ २०८०

काठमाडौं, कात्तिक १५ गते । सरकारले भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ । तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले यसवर्ष भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको हो ।

बागमती प्रदेश सरकारअन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले आज (बुधबार) एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । पुष्प विकास केन्द्र गोदावरीले कात्तिक १ गतेदेखि नै लागू हुने गरी सयपत्री मालाको आयातमा रोक लगाएको हो ।

‘‘यस वर्षको तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको हुँदा यही कात्तिक १ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको छ ।’’ पुष्प विकास केन्द्र गोदावरीद्वारा जारी सूचनामा उल्लेख छ ।

यसैगरी, इजाजतपत्र बेगर भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानुन बमोजिम कारबाही हुने केन्द्रले जनाएको छ  ।

‘‘इजाजतपत्र बेगर आयात गरिएको वस्तु अवैध हुने तथा यस वर्ष सरकारी तथा निजी संस्थाहरुको संयन्त्रबाट अनुगमन कडा गरिने भएको र अवैध सामग्री भेटिएमा कानुन बमोजिम जफत तथा दण्ड सजाय हुन सक्नेछ ।’’ सूचनामा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend