logo
  • शनिबार, असोज १७ २०८३

एमालेको चियापान आज,नेता, कुटनीतिक नियोगका प्रमुख र सर्वसाधारणलाई निम्तो


  • पब्लिक सूचना
  • बुधबार, कार्तिक १५ २०८०

काठमाडौं, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापानको आयोजना गर्नुृभएको छ । दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा ओलीले आज चियापान आयोजना गर्नु भएको हो ।

मंगलबार गर्ने भनिएको चियापान संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै आजका लागि सारिएको नेकपा एमालले जनाएको छ । चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ।

चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेता कुटनीतिक नियोगका प्रमुख र सर्वसाधारणलाई पनि एमालेले निम्ता गरेको छ । यसअघि नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापनको आयोजना गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend