logo
  • शनिबार, असोज १७ २०८३

निजी स्कुलका प्रिन्सिपलको गोली हानी हत्या


  • पब्लिक सूचना
  • सोमबार, कार्तिक १३ २०८०

बारामा एक निजी विद्यालयका प्रिन्सिपलको गोली हानेर हत्या भएको छ।

बाराको कलैयास्थित एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको अज्ञात समूहले गोली हानेर सोमबार दिउँसो हत्या गरेका हुन्।

घाँटी र टाउकोमा गोली लागेका स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्जको बयोधा अस्पताल लगिएको थियो।

उनको उपचारका क्रममा बयोधा अस्पतालमा सोमबार दिउँसो करिब २ बजेतिर मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले  बताए।

मोटरसाइकल चढेर आएका व्यक्तिहरूले सोमबार दिउँसो करिब सवा १ बजेतिर स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलमा उनीमाथि गोली प्रहार भएको थियो।

दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend