logo
  • शनिबार, असोज १७ २०८३

भूकम्पले धादिङमा ठाउँठाउँमा पहिरो


  • पब्लिक सूचना
  • आइतबार, कार्तिक ५ २०८०

आइतबार बिहान ७ः३९ बजे धादिङ, ज्वालामुखी गाउँपालिका-५ केन्द्रविन्दु गरी भूकम्प गएको छ।

खरी आसपासका क्षेत्रमा ठूलो कम्पन महसुस गरिएको गाउँपालिका उपाध्यक्ष धनबहादुर अर्यालले जानकारी दिए।

‘६.१ म्याग्निम्युडको भनेर आइरहेको छ। तर, हामीले त्योभन्दा ठूलो कम्पन महसुस गर्‍यौं,’ गाउँपालिका उपाध्यक्ष अर्यालले सेतोपाटीसँग भने, ‘भूकम्पका कारण बूढीगण्डकीको तटीय क्षेत्रमा जमिनमा चिरा परेको विवरण आइरहेको छ।’

उनले माटाका ढिस्काहरू भत्कनेबाहेक घरहरूमा क्षति पुरेको विवरण प्राप्त नगरेको बताए। त्यस्तै जनधनको क्षतिको विवरण पनि आफूले प्राप्त नगरेको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend