पब्लिक सूचना
काठमाडौं । फिल्म ‘भष्मे डन’ टिमले पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गरेको छ । सोमबार बेलुका गरिएको पूजामा निर्माता तथा लेखक खगेन्द्र लामिछाने, अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक दीपेन्द्र के खनाल लगायत सहभागी रहे ।
पशुपति क्षेत्रमा ६५ दिनसम्म फिल्मको सुटिङ भएको थियो । लेखक तथा निर्माता लामिछानेले छायांकनको क्रममा गल्ती कमजोरी भएको खण्डमा माफी पाऊँ भन्दै क्षमा पूजा गरिएको बताए ।
उनले भनिन्, ‘कहिलेकाहीं नयाँ अनुभव गर्नुको मज्जा बेग्लै हुन्छ । मैले आजसम्म धेरै फिल्ममा काम गरेको छु । धेरै मन्दिरमा छायांकन गरेकी छु । तर यो आफ्नो पहिलो पटक भएकाले पनि नौलो र अलग महसुस गरेकी हुँ ।’
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend