logo
  • शनिबार, असोज १७ २०८३

भन्सार छलेर ल्याइएको १२ लाख बराबरको कपडा बरामद


  • पब्लिक सूचना
  • बुधबार, असोज २४ २०८०

नवलपरासी प्रहरीले भन्सार छलेर ल्याइएको १२ लाख बराबरको कपडा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमान्डमा आज बिहान ५ बजे नवलपरासीको सराव गाउँपालिका-७ बुलन्दपुरबाट भन्सार छलेर ल्याइएको सामान बरामद गरेको हो।

भन्सार छलेर कपडा ल्याउँदै गरेकाहरू प्रहरीलाई देखेर कपडा फालेर भागेका थिए।

उक्त कपडाहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाउने तयारी गरिएको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend