logo
  • शनिबार, असोज १७ २०८३

एमाले उपत्यका विशेष प्रदेशको अधिवेशन आजदेखि सुरु


  • पब्लिक सूचना
  • शुक्रबार, असोज १९ २०८०

काठमाडौँ, असोज १९ गते । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आज (शुक्रवार)देखि सुरु हुने भएको छ ।

अधिवेशनको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने भएको छ ।

आयोजक कमिटीका अध्यक्ष प्रेम पराजुलीका अनुसार एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्र भौगोलिक र बुद्धिजीवी–कर्मचारी क्षेत्रका सदस्यको प्रतिनिधित्वमा अधिवेशन गर्न लागिएको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend