logo
  • शनिबार, असोज १७ २०८३

श्रेय अगस्तीको स्वरमा गौरी मल्ल अभिनित विज्ञान र अन्वेषणकेन्द्रित “अस्तित्व” सार्वजनिक महाविर पुनको पनि विशेष भुमिका


  • पब्लिक सूचना
  • बुधबार, असोज १७ २०८०

श्रेय अगस्तीको स्वरमा गौरी मल्ल अभिनित “अस्तित्व” सार्वजनिक १५ आश्विन सोमबारको दिन सिलिकन पार्टी प्यालेसमा “शिशिर भण्डारी” युट्युब च्यानलबाट “अस्तित्व” म्युजिक भिडियो लोकार्पण गरिएको छ। सो म्युजिक भिडियोको गीत निर्माणमा सुविद गुरागाइँको शब्द रचना, संकेत अगस्तीको संगीत र श्रेय अगस्ती को स्वर रहेको छ। यस गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका छन् भने स्टुडियो  साउण्डमील मा रेकर्ड भएको यस गीत को रेकर्ड शसांक सापकोटाले र मिक्स मास्टर श्री महेश्वर मान राजभण्डारीले गर्नुभएको छ।

सुबास दाहालको निर्माणमा बनेको “अस्तित्व” मा नेपाली चलचित्र जगतकी सफल तथा वरिष्ठ अभिनेत्री गौरी मल्ल ज्यु , राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन ज्यु को विशेष भुमिका रहेको छ। त्यस्तै नूर दाहाल, सुवास दाहाल, पुष्पराज गौतम ,अन्जना कुइँकेल पाठक,सपना पोखरेल, सुगम भट्टराई र संयम भट्टको पनि सशक्त अभिनय यस गीत मा हेर्न पाइन्छ।साथै यस लघु सांगितिक चलचित्रमा दिनेश पराजुलीको छायांकन, सुष्मा परियारको शृंगार , साक्षी श्रेयको कथा, शिलान लम्साल को सम्पादन र खेमनाथ खनाल को सहायक निर्देशन र स्क्रिन्प्ले रहेको छ। यस म्युजिक भिडियोको निर्देशन भने संकेत अगस्तीले गरेका छन्।

ADHD के हो र यस सम्बन्धी रोगबाट ग्रसित भएका एक किशोर बालक को  अभिरुचि विज्ञान तथा अन्वेषण र आविष्कार मा केन्द्रित रही केहि नयाँ गरौं भन्ने आशय सहित को कथावस्तुमा आधारित रहेको यस म्युजिक भिडियोले विद्यार्थी भाइबहिनीका अभिभावक र आम जनमानस श्रोता तथा दर्शक मा सही सन्देश पुगोस् भन्ने अभिप्रय अस्तित्व टीमको  रहेको छ।

 

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend