logo
  • शनिबार, असोज १७ २०८३

सुनको भाउ निरन्तर ओरालो लाग्दै : आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो


  • पब्लिक सूचना
  • मंगलबार, असोज १६ २०८०

काठमाण्डाै – सुनको भाउ आज पनि घटेको छ । आज एक हजार तीन सय रुपैयाँले घटेर सुन तोलाको एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुन तोलाको सय रुपैयाँ घटेर एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, अस्ति सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend