logo
  • शनिबार, असोज १७ २०८३

१९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा रशिला विजयी


  • पब्लिक सूचना
  • मंगलबार, असोज १६ २०८०

१६ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनको महिला सिंऊल्समा नेपालकी रशिला महर्जन विजयी भएकी छन् ।

बिनजियाङ जिम्न्यासियममा मंगलबार भएको अन्तिम ३२ को खेलमा रशिलाले मंगोलियाकी म्याग्मार्तेसेरनलाई २१-४, २१-७ ले पराजित गरिन् ।

जितपछि रशिला अन्तिम १६ मा प्रवेश गरेकी छन् । उनले अब जापानकी नात्सुकी निदाइरा र चीनकी एचई बिनगिजाओबीचको खेलको विजेतासँग खेल्नेछिन् ।

महिला सिंगल्सकै अर्को खेलमा नेपालकी अनुमाया राई भने थाइल्याण्डकी पोर्नपावी चोचुवोङसँग २१-४, २१-७ ले पराजित भइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend