logo
  • शनिबार, असोज १७ २०८३

दमकमा एक युवाको बीभत्स हत्या


  • पब्लिक सूचना
  • शुक्रबार, असोज १२ २०८०

दमक, असोज १२ गते । झापाको दमकमा एक युवाको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या भएको छ । शुक्रवार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले बीभत्स हत्या गरेको प्रहरी श्रोतको भनाइ रहेको छ ।

रातभर दमक १ स्थित एक होटेलमा सँगै मादक पदार्थ खाएर युवाहरूबिच भनाभन हुँदा हत्या भएको दमकसँगै जोडिएको इलामको चुलाचुलीस्थित पेल्टिमारीका २५ वर्षीय गोविन्द लिम्बुको बीभत्स हत्या भएको हो ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामाका अनुसार केही ब्याक्तिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । मुख्य हतियार प्रयोग गर्ने ब्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको पनि लामाले जनाउनु भयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend