logo
  • आइतबार, असोज १८ २०८३

विप्लव पुत्र डा प्रकाश र डा मान्यताले गरे प्रगतिशील विवाह


  • पब्लिक सूचना
  • बिहिबार, असोज ११ २०८०

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा प्रकाश चन्दले प्रगतिशील विवाह गरेका छन् ।

चितवनकी डा मान्यता थापासँग बुधबार कपिलवस्तुस्थित शिवगढीमा रहेको कार्यालयमा जनवादी विवाह गरेका हुन् । चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनका क्रममा प्रकाश र मान्यताबिच प्रेम सम्बन्ध रहेको थियो ।

प्रकाश पार्टी निकट जनस्वास्थ्य सङ्घका केन्द्रीय महासचिव हुन् । मान्यता केन्द्रीय सदस्य हुन् । विवाह समारोहका नेकपाका शीर्ष नेताहरू, शुभचिन्तक तथा समर्थकहरू सहभागी भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend