logo
  • शनिबार, असोज १७ २०८३

एमाले वाग्मती अधिवेशन :नेपाल प्रज्ञा–प्रतिष्ठानमा बन्दसत्र सुरु


  • पब्लिक सूचना
  • मंगलबार, असोज ९ २०८०

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको पहिलो अधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बन्दसत्र सुरु भएको हो ।

बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिनेछ । त्यसपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने पार्टीले जनाएको छ ।

सोमबार भृकुटीमण्डपमा अधिवेशन उद्घाटन गरिएको थियो । उद्घाटनसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेताले सम्बोधन गरेका थिए । अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि ओलीले आग्रह गरेका थिए ।

सर्वसम्मत हुन नसके एकल प्रतिस्पर्धामा उनले जोड दिएका थिए । प्यानलगत प्रतिस्पर्धा नगर्न उनले निर्देशन नै दिएका थिए ।

एमाले वाग्मती अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend