logo
  • शनिबार, असोज १७ २०८३

काठमाडौं महानगरका ४६५ वटा स्कुलले बुझाए छात्रवृत्ति विवरण


  • पब्लिक सूचना
  • बुधबार, असार ६ २०८०

काठमाडौं महानगरपालिका क्षेत्रका चार सय ६५ वटा निजी स्कुलले छात्रवृत्ति विवरण बुझाएका छन्।

महानगरभित्रका पाँच सय चार वटामध्ये चार सय ६५ वटाले छात्रवृत्ति विवरण बुझाएको मेयर बालेन शाहले जानकारी दिएका छन्।

सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले लक्षित वर्गका १३ हजारभन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति पाएको पनि जानकारी दिएका छन्।

‘प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गर्नेछौं,’ उनले लेखेका छन्, ‘विद्यमान कानुनी प्रबन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थीले छात्रवृत्ति पाएका हुन्।’

यतिधेरै स्कुलले विवरण बझाएको यो पहिलोपटक भएको उनको दाबी छ।

यस्तै, महानगर कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर भएको उनले बताएका छन्। छात्रवृत्ति विवरण नबुझाउनेलाई कारबाही गरिने पनि उनले बताए।

हालसम्म विवरण नपठाएका स्कुललाई एक लाख रूपैयाँसम्म जरिवाना तिराएर थप एकपटक विवरण बुझाउन मौका दिइने उनले बताएका छन्।

‘त्यसपछि पनि विवरण नबुझाए काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गर्ने छौं,’ उनले लेखेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend