logo
  • आइतबार, असोज १८ २०८३

उदयपुरमा डेंगु सङ्क्रमणबाट एकको मृत्यु


  • पब्लिक सूचना
  • सोमबार, असोज ८ २०८०

उदयपुरको बेलका नगरपालिका–५ खारखोलाको एक पुरुषको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ । खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेंगुको सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिनुभयो ।

गत सातादेखि डेंगु सङ्क्रमणबाट सिकिस्त बिरामी हुनुभएका लिम्बूलाई बेल्टार अस्पतालमा सामान्य उपचारपछि घरमै राखिएको थियो । घरमा रहँदा झन् सिकिस्त बन्दै गएपछि लिम्बूलाई शुक्रबार उपचारका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालको आइसियुमा राखिएको थियो ।

लिम्बूको उपचारकै क्रममा आइतबार बेलुकी मृत्यु भएको बेलका उहाँको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार साउन पहिलो हप्तादेखि उदयपुरमा डेंगु सङ्क्रमण देखापरेपछि हालसम्ममा तीनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ भने झण्डै एक हजारको हाराहारीमा सङ्क्रमित भइसकेका छन् । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend