logo
  • शनिबार, असोज १७ २०८३

सल्यानमा जीप दुर्घटना, सवारी धनी र चालकको मृत्यु


  • पब्लिक सूचना
  • सोमबार, असोज ८ २०८०

सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका दुबै जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा दाङको तुलसीपुर उपहानगरपालिका– १८ का ५० बर्षीय गणेश बुढा र २५ बर्षीय भक्तबहादुर घर्ती रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले  बताए।

डिएसपी कार्कीका अनुसार बुढा सवारी धनी हुन् भने घर्ती चालक हुन्। उनीहरू दुबैको घटनास्थलमै मृत्यु भएको हो।

आज बिहान रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप सल्यानको कपुरकोट गाउँपालिका– ३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँबाट झन्डै तीन सय मिटर तल खसेको थियो।

दुर्घटनामा परि दाङको तुलसीपुर उपमहानगरपालिका– २ का ३५ बर्षीय नारायण योगी गम्भीर घाइते छन्। उनलाई उपचारका लागि तुलसीपुर ल्याइएको डिएसपी कार्कीले जानकारी दिए।

दुर्घटनाबारे बिहान सवा ६ बजे प्रहरीले सूचना पाएको थियो। प्रहरीले तीव्र गतिका कारण जिप अनियन्त्रित भइ दुर्घटना भएको आकलन गरेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend