logo
  • आइतबार, असोज १८ २०८३

चाडपर्वमा बसको टिकट खुलाउनेबारे प्रारम्भिक छलफल सुरु


  • पब्लिक सूचना
  • शुक्रबार, असोज ५ २०८०

चाडपर्वमा सार्वजनिक बसको टिकट खुलाउने सम्बन्धमा सरोकारवालाबीच प्रारम्भिक छलफल सुरु भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको टिकटसँगै सडकसम्बन्धी विविध समस्याको सम्बोधन गर्न शुक्रबार सरोकारवाला निकायबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

सटौलाले भन्नुभयो, “बाटो तथा यातायात सम्बन्धका समस्या छन् । चाडपर्वमा नागरिक घर जान पाउँछन्, टीका लाउन पाउँछन् । टिकट खुलाउने विषयमा प्रारम्भिक छलफल भर्खर सुरु भएको छ ।”

उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरोकारवालाबीच छलफल भएको भनाइ राख्नुभयो ।

उहाँले टिकट खुलाउनेसँगै यातायातका विविध समस्या सम्बोधन हुनुपर्ने, सडक सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend