logo
  • शनिबार, असोज १७ २०८३

ऋचाको ‘कौसिद’को ट्रेलरमा ऋणको कथा


  • पब्लिक सूचना
  • बिहिबार, असोज ४ २०८०

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा र भोलाराज सापकोटा अभिनीत फिल्म ‘कौसिद’ २६ असोजबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक ट्रेलर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति २६ असोज फिक्स भएको जनाकारी दिएका हुन् ।

कौसिद'को ट्रेलर सार्वजनिक, चलचित्र असोज २६ मा - Artists Khabar - Artists  web Magazine

ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइको कथामा बनेको फिल्मको ट्रेलरमा पीडा दर्साइएको छ । फिल्मका निर्माता केदार भुसाल हुन् । विजया दशमीको छेको पारेर फिल्म प्रदर्शन गर्दा व्यवसाय हुन्छ भनने विश्वासका साथ फिल्म रिलिज गर्न लागिएको निर्माता भुसालले बताए ।

कुमार भास्करको निर्देशन रहेको फिल्ममा ऋचा र भोलाराजको अलवा रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनी लगायतका कलाकारको अभिनय देख्न सकिनछ ।
यस्तो छ ऋचा शर्माको फिल्म 'कौसिद' को ट्रेलर (भिडिओ) :: सेतोपाटी कला ::  Setopati
फिल्मका कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ हुन् । नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको फिल्ममा निसाल पौडेलको छायाङ्कन, भीम विश्वकर्माको सम्पादन छ । फिल्मका वितरक आरआर फिल्मस् रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend