logo
  • शनिबार, असोज १७ २०८३

रास्वपाले जिल्ला-जिल्लामा खटायो सांसद र केन्द्रीय नेता


  • पब्लिक सूचना
  • बुधबार, असोज ३ २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुझाव संकलनका लागि केन्द्रीय नेतालाई जिल्ला–जिल्लामा खटाएको छ।

केन्द्रबाट खटाइएका १९ जना नेताले तीन दिन बसेर सुझाव, गुनासो संकलन गरेर ल्याउने पार्टीका महामन्त्री मुकुल ढकालले बताए।

पार्टी सभापति रवि लामिछाने रोल्पा जाने भएका छन्। पार्टी उपसभापति डोलप्रसाद अर्याल मधेस प्रदेशअन्तर्गत पर्सा जाने महामन्त्री ढकालले बताए।

महामन्त्री ढकाल कालिकोट जानेछन्। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई बैतडी खटाइएको छ। त्यस्तै सुमना श्रेष्ठ कैलालीको टीकापुर, शिशिर खनाल रसुवा, मनिष झा पर्वत, गणेश पराजुली ओखलढुंगा जाने ढकालले जानकारी दिए।

केन्द्रीय सदस्य रमेश प्रसाईं सुर्खेत, सन्तोष परियार कपिलवस्तु, विपीन आचार्य संखुवासभा, डा तोसिमा कार्की डोटी, हरि ढकाल सोलुखुम्बु, कमल सुवेदी गौर, रौतहट खटाइएका छन्।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कञ्चनपुर, डा. स्वर्णीम वाग्ले तनहुँ, गणेश कार्की सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल खोटाङ र शंकर श्रेष्ठ इलाम जाने छन्।

सांसद र केन्द्रीय नेताहरूले ल्याएका सुझाव, गुनासाहरूलाई पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमा समेटिने महामन्त्री मुलुक ढकालले बताए।

‘नागरिकले कस्तो पार्टी चाहेका छन्। विचार र दृष्टिकोणका हिसाबले उनीहरू कस्तो पार्टी बनोस् भन्ने चाहन्छन् भनेर हामीले नागरिकको मन बुझ्न जान लागेका हौं,’ उनले भने, ‘यो पहिलो चरणको कार्यक्रममा हो। चरणचरणमा नागरिककहाँ गएर सुझाव संकलन गर्दै दस्तावेजलाई समृद्ध बनाउँछौं।’

संविधान दिवसका सन्दर्भमा पनि रास्वपा पहिलो चरणमा जिल्ला जान लागेको हो। तीन चरणमा जिल्ला गएर, सुझाव संकलन गरेर दस्तावेजलाई पूर्णता दिने रास्वपाको तयारी छ।

379329821_825838782546801_7139182486980909788_n-1695120246.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend