logo
  • आइतबार, असोज १८ २०८३

जमाना अनुसार बदलिदै छ तिज मनाउने तरिका टिकटक बनाउन,सेल्फी खिच्न, आधुनिक गितमा नाच्ने चलन आएछ


  • पब्लिक सूचना
  • मंगलबार, असोज २ २०८०

Women light incense during Haritalika Teej festival celebrations at Pashupatinath ,Katmandu, on Wednesday, September 16, 2015. Women celebrate the festival by fasting, singing, dancing and offering prayers to Lord Shiva.Photo : Dinesh Gole / Nagarik / Republica /

काठमाडौँ, असोज २ गते । हिन्दु नारीको महान् चाड हरितालिका तिजका दिन सोमबार महिला विगतमा जस्तै शिवालयहरूमा गीत गाउँदै छमछमी नाचे । उनीहरू टिकटक बनाउन र सेल्फी खिच्न पनि व्यस्त बने । टिकटक बनाउने भिडमा महिला मात्र होइन, पुरुष पनि उत्तिकै थिए ।

blog

पहिले पहिले पिर, वेदना, व्यथा, हर्ष र दुःखसुख मिसिएको तिजका भाका गुन्जिन्थ्यो । सासूबुहारीका कुरा, थिचोमिचो अनि विरह, वेदना मिसिएका गीतले हरितालिका तिजमा रौनक थप्थ्यो । यस पटक भने अहिलेका चर्चित गीतले तिजमा स्थान लिएको देखियो । ती गीत सुन्दा अब नेपाली महिलालाई दुःख नै छैन, वेदना बाँड्ने माध्यम नै छैन जस्तो लाग्छ । प्रायः यस पालि महिला ‘हट एन्ड सेक्सी’ तथा ‘डान्सिङ नम्बर’ हरूमा समूह बनाई नाचेका भेटिए ।

नजिकिँदै तीज : टाढिदै मौलिकता, मौलाउँदै विकृति

पशुपति पुगेर एक महिला दिदि संग कुरा गर्दा उहाँ पनि  यसरी नै आधुनिक तरिकाले तिज मनाउनेमध्ये एक हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले आधुनिकताको जमाना हो । तिज भन्नेबित्तिकै दुःख र वेदनाको गीत गाउने र नाच्ने भन्ने होइन; यो पर्व त दिदीबहिनी भेटघाट गरी रमाइलो गर्ने हो ।”

मुख्य गरी तिज भाद्रशुक्ल द्वितीयाका दिन दरिलो खाद्य पदार्थ दर खाएर मनाइन्छ । तृतीयामा व्रत बसेर मनाउने र पञ्चमीमा पूजाआजा गरेपछि समाप्त हुन्छ । यहीबिच मौलिकता मिसिएका गीत गाइन्छ । विष्टका अनुसार व्रत भनेर केही पनि नखाई बस्नु मूर्खता हो । “फलफूल, जुस, पानी प्रशस्त मात्रामा खानु पर्छ अनि रमाइलो गरी नाच्नु पर्छ,” उहाँ भन्नुहुन्छ ।

आज हरितालिका तीज, महादेवको उपासना गरेर मनाइँदै

तिजका गीतलाई पनि फेसनका रूपमा लिन थालिएको छ । तिज भन्नेबित्तिकै रातो सारी लगाएर छमछम माइतीको आँगनीमा नाच्ने परम्परा पनि बिस्तारै हराउँदै गएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend