logo
  • शनिबार, असोज १७ २०८३

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको फिल्म ‘डिग्री माइला’ को शुभ मुहूर्त


  • पब्लिक सूचना
  • सोमबार, असोज १ २०८०

रामबाबु गुरुङको निर्देशनमा बन्ने फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को शुभ मुहूर्त गरिएको छ।

शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो। मुहूर्तमा निर्देशक गुरुङसहित फिल्मका कलाकारहरू दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायत उपस्थित थिए।

फिल्मको छायांकन आगामी शुक्रबार असोज ५ गतेदेखि ओखलढुंगास्थित रूम्जाटारमा हुनेछ। दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुंगामा हुनेछ।

बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा शैक्षिक बेरोजगारीले युवाहरूमा ल्याएको निराशामा आधारित हुनेछ।

यो फिल्म २०८१ सालको नयाँ वर्षमा प्रदर्शन हुने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend