
ग्लोबल टुरिजम प्रमोसनले आयोजना गरेको तीज मेला–२०८० लाई निभियाले मूख्य प्रायोजन गरेको थियो भने एन प्लस प्रोफेसनले सह प्रायोजन गरेको थियो । कार्यक्रम होटेल राईन ईभेन्ट पिंगलास्थानमा भएको थियो । कार्यक्रममा टु पिएम नुडल्स, युटर्न ईन्टरनेशनल, रेमण्ड सप, मिटको फूड नेपाल, कुकु बियोन्ड स्टेण्र्डड, खाने कथा, नुगा बेष्ट, क्याष्ट्रोल लुब्रिकेन्टस, सान इभेण्ट म्यानेजमेण्ट, ले सहयोग गरेको थियो भने मिडिया पार्टनरमा निखिला मिडिया, राष्ट्रखबर तथा टेलिभिजन पार्टनरमा मुनलाईट टेलिभिजन रहेको थियो । त्यसैगरी ट्राभल पार्टनरमा अल डेस्टिनेसन होलीडेज रहेको थियो । निभिया तिज मेला–२०८० मा हास्य कलाकार तथा महिला निर्देशक दिपाश्री निरौलालाई विशेष नारी सम्मान द्वारा सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका निर्वतमान सदस्य नवराज सिलवाल हुनुहुन्थ्यो भने विशेष अतिथिमा कलाकार दिपाश्री निरौला, निभियाका नेपाल प्रमुख विकास शर्मा, किवानिज ईन्टरनेशनल बोर्डका ट्रष्टी मोहन लम्साल हुनुहुन्थ्यो ।
कार्यक्रम पूजा रेग्मीले चलाएको थिईन भने शुभकामना मन्तव्य कुमार प्रसाद चौलागाईले दिनुभएको थियो ।

कार्यक्रममा प्रतिनिधि सभाका निर्वतमान सदस्य नवराज सिलवाल, कलाकार दिपाश्री निरौला, निभियाका नेपाल प्रमुख विकास शर्मा, किवानिज ईन्टरनेशनल बोर्डका ट्रष्टी मोहन लम्साल, सान इभेण्ट म्यानेजमेण्ट की रमा प्याकुरेल तथा एन प्लस प्रोफेसनलका नेपाल प्रमुख पदम शर्माले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा लगभग पाँचसयको हाराहारीमा उपस्थिति रहेको थियो ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend