logo
  • आइतबार, असोज १८ २०८३

५ वर्षपछि ‘मायावी’बाट कमब्याक गर्दै करिश्मा श्रेष्ठ


  • पब्लिक सूचना
  • आइतबार, भाद्र ३१ २०८०

सन् २०१४ मा प्रदर्शन भएको फिल्म ‘एउटा साथी’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी करिश्मा श्रेष्ठले यसपछि सन् २०१५ मा ‘लभ’ सब र सन् २०१८ मा ‘बाबु कान्छा’मा अभिनय गरेकी थिइन् । तर, यी तीनटै फिल्म व्यावसायिक रुपमा सफल हुन सकेनन् । जसले गर्दा उनको करिअर पनि कमजोर बन्न पुग्यो । अब उनले ५ वर्षपछि फिल्म ‘मायावी’बाट अभिनयमा पुनरागमन गर्ने भएकी छन् ।

krishma-shrestha
शनिबार निर्माण टिमले एक पोस्टरमार्फत् फिल्ममा उनको अभिनय रहने जानकारी गराएको छ । फिल्ममा पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला, समीम खानको पनि अभिनय रहनेछ । करिश्माको जोडी कोसँग बाँधिनेछ, त्यसबारेमा भने निर्माण टिमले खुलाएको छैन । कमब्याकलाई लिएर उत्साहित रहेकी उनी कथावस्तु र चरित्रले फिल्ममा काम गर्न लोभ्याएको बताउँछिन् ।

मायावी'को नायिकामा छानिइन् करिश्मा
दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । निर्देशक भट्टराई र राज कटुवालको संयुक्त निर्माण रहने फिल्मको छायांकन आगामी असोज २ गतेबाट तालनगरी पोखरामा सुुरु हुँदैछ । निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्म क्रिएटिभ सिने आर्टसको ब्यानरमा निर्माण हुन लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend