पब्लिक सूचना
नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीरलाई अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय लगिएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट नेम्वाङको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयतर्फ लगिएको छ।नेम्वाङको पार्थिव शरीरलाई मंगलबार च्यासलमा श्रद्धाञ्जलीका लागि राखिनेछ।
एमाले संसदीय दल उपनेतासमेत रहेका प्रतिनिधि सभा सांसद नेम्वाङको गए राति निधन भएको थियो। हृदयघातका कारण उनको निधन भएको हो। नेम्वाङका छोराहरू विदेशमा रहेकोले अन्त्येष्टि कहिले गर्ने निश्चित भइसकेको छैन। उनीहरू आएपछि मात्रै नेम्वाङको अन्त्येष्टि हुनेछ। संविधान सभाका तत्कालीन अध्यक्ष रहेका नेम्वाङको सम्मानमा सरकारले राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
अन्त्येष्टिका दिन सरकारले बिदा दिने मंगलबारको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।
तस्बिरहरू:




© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend