पब्लिक सूचना
जर्मनीमा तीन हजार सहायक कामदारको आवश्यकता परेको भनेर झुटो विज्ञापन गरेको पाइएको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको लोगो प्रयोग गरी झुटो विज्ञापन गरेको पाइएको हो।

केही अनधिकृत व्यक्ति तथा संस्थाले सरकार र जर्मनी सरकारबीच भएको श्रम सम्झौताको हलावा दिई विभिन्न सेवा–सुविधासहित आकर्षक तलबसम्बन्धी विषयहरू देखाएर नक्कली सूचना निकालेको विभागले जनाएको छ।
सामाजिक सञ्जालमा सहायक कामदार छनोटका लागि भन्दै प्रचार गरिएको भ्रमपूर्ण विज्ञापन, सूचनाप्रति ध्यानाकर्षण भएको विभागले जनाएको छ।
विभागले आफ्नो वेबसाइट मार्फत् नै सूचनाहरू जारी गर्दै आएको छ।
वैदेशिक रोजगारीमा जान इच्छुकलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण सूचना विज्ञापनमा विश्वास नगर्न विभागले आग्रह गरेको छ।
ऐन कानुनको बर्खिलाप हुनेगरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण नगर्न पनि विभागले आग्रह गरेको छ।
वैदेशिक रोजगार ऐन २०६४ मा भएको व्यवस्था अनुसार सरकारले हालसम्म १११ वटा मुलुकहरूलाई वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा खुला गरेको छ। व्यक्तिगत रूपमा १७८ वटा गन्तव्य मुलुकहरूमा नेपालीहरू वैदेशिक रोजगारीका लागि जाने गरेका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend