logo
  • शनिबार, असोज १७ २०८३

कांग्रेस सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा आक्रमण


  • पब्लिक सूचना
  • बुधबार, भाद्र २० २०८०

काठमाडौं, भदौ २० गते । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा उहाँमाथि आक्रमण भएको हो ।

बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुनुभएका यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते यादवको उपचार ट्रमा सेन्टरमा भइरहेको छ । प्रहरीले खुकुरी प्रहार गर्ने युवालाई नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend